इटहरी (सुनसरी) । विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशी नदीमा बेपत्ता भएका सुरक्षाकर्मीहरूको खोजीका लागि सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नेत्र कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोली परिचालन भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले राष्ट्रिय समाचार समितिलाई जानकारी दिएअनुसार, खोजी कार्यका क्रममा बेपत्ता भएकामध्ये सशस्त्र प्रहरी जवान झापाका हरेदेव राजवंशीको शव केहीबेरअघि सप्तकोशी किनारमा फेला परेको छ।
यद्यपि, हराइरहेका अर्का प्रहरी जवान डोटीका सुरज साउदको खोजी कार्य अझै जारी छ।