arrow

खार्पुनाथ -२ बालश्रम तथा बालविवाह मुक्त वडा घोषणा

logo
जनकबहादुर शाही, 
प्रकाशित २०८२ जेठ २२ बिहिबार
no-child-marriage.jpg

हुम्ला । हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका २ नम्बर वडा थाली बालश्रम तथा बालविवाहमुक्त वडा घोषणा भएको छ । खार्पुनाथ गाउँपालिकाको सक्रियतामा गाउँपालिकालाई बालश्रम तथा बालविवाह मुक्त घोषणा गर्ने अभियान अन्तरगत खार्पुनाथ गाउँपालिका वडा नं २ थाली लाई पालिकाको चौथो वडाका रुपमा बालश्रम तथा बालविवाह मुक्त वडा घोषणा गरिएको छ ।

२ नम्बर वडा बालश्रम तथा बालविवाह मुक्त वडा घोषणा भएपछि खार्पुनाथ गाउँपालिका, २ नम्बर वडाको सक्रियता र विभिन्न गैरसरकारी संस्थाको सहयोगमा बालश्रम तथा बालविवाह मुक्त गर्ने अभियानले सफलता पाएको  वडा नं. २ का वडा अध्यक्ष चन्द्र रावलले बताए । 

खार्पुनाथ गाउँपालिकाका ५ वडामध्ये थालीसहित ४ वटा वडामा बालश्रम तथा बालविवाह शून्यमा झारि बालश्रम तथा बालविवाह मुक्त वडा घोषणा भएका छन । 

बिहीबार २ नम्बर वडा थालीलाई बालश्रम तथा बालविवाह मुक्त वडा घोषणा गर्दै वडा अध्यक्ष रावलले गाउँपालिका, विभिन्न गैरसरकारी संस्था र सरोकारवाला निकायको सहयोग र सबैको प्रयासले १८ वर्ष उमेर नपुगी आफूले गर्न सक्ने बाहेकका कुनै पनि श्रम र २० वर्ष उमेर नपुगी विवाह गर्न नदिने भन्दै उक्त वडालाई बिहिबार बाल बालश्रम तथा बालविवाह मुक्त वडा घोषणा गरिएको बताए  । 

गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावललगायत सबै सरोकारवालाको रोहवरमा वडा नं २ लाई बालश्रम तथा बालविवाह वडा घोषणा गरिएको हो ।

उक्त वडा आजबाटै औपचारिक रुपमा बालश्रम तथा बालविवाह मुक्त वडा घोषणा गरेपछि खार्पुनाथ गाउँपालिकाका बालश्रम तथा बालविवाह मुक्त वडा घोषणा हुन बाँकी ३ नम्बर वडा रायालाई घोषणा गरे लगत्तै अबको केही दिनमै गाउँपालिकालाई नै बालश्रम तथा बालविवाह मुक्त पालिका घोषणा गर्ने खार्पुनाथ गाउँपालिकाले तयारी गरेको खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुबहादुर शाहीले बताए ।

खार्पुनाथ गाउँपालिकाको समन्वय, गुड नेवर्स ईन्टरनेशनल नेपाल र किर्डाक नेपालको सहजिकरणमा खार्पुनाथ गाउँपालिका वडा नं. २ थालीको आयोजनामा गरिएको एक कार्यक्रमको विचार खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले वडालाई बाल श्रम तथा बालविवाह मुक्त वडा घोषणा गरेका हुन् । 

वडा नम्बर ३ राया बाहेक यसअघि वडा नम्बर १, ४ र ५ बाल श्रम तथा बालविवाह मुक्त वडा घोषणा भइसकेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ