arrow

देउवा भन्छन् –राजावादीको आन्दोलन अर्थहीन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २२ बिहिबार
deuba-82-2-22.jpg

महेन्द्रनगर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा समर्थकले प्रदर्शन गर्नु अर्थहीन रहेको धारणा व्यक्त गरेका छन् ।

कांग्रेसका स्व नेता ठाकुरप्रसाद ढुङ्गानाको ६२औँ स्मृतिसभा, सालिक अनावरण र उनका बारेमा लेखिएको पुस्तक विमोचन कार्यक्रमका लागि यहाँ आउने क्रममा आज जनकपुरधाम विमानस्थलमा पत्रकार सम्मेलनमा सभापति देउवाले राजावादीको आन्दोलन तुहिसकेकाले प्रदर्शन गर्नु अर्थहीन रहेको टिप्पणी गरे । 

पूर्वराजा समर्थकले आन्दोलन गर्नु गणतन्त्र विरोधी गतिविधि भएकाले जनताको त्याग र सङ्घर्षबाट आएको गणतन्त्रविरुद्ध कार्य स्वीकार्य नहुने उनले उल्लेख गरे । सभापति देउवाले गृहमन्त्रीको राजीनामा माग गर्नु तर्कहीन रहेको भन्दै संसद् अवरोध नगर्न प्रतिपक्ष दललाई आग्रह गरे ।

सभापति देउवा धनुषामा भोलिसम्म हुने विभिन्न कार्यक्रममा सरिक हुने कार्यसूची रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ