arrow

आईपीएलमा कसले कुन पुरस्कार जिते, कति रकम पाए ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २१ बुधबार
ipl-2025-rcb-champion.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ ले नयाँ च्याम्पियन पाएको छ  । रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै १८ औँ सिजनको उपाधि जितेको छ । 

 आरसीबीले पहिलो पटक आईपीएलको उपाधि जितेको भए पनि पञ्जाबको ट्रफी जित्ने धेरैको अपेक्षा थियो तर नतिजा उल्टो भयो । उपाधि जितेपछि आरसीबीले ट्रफीसहित २० करोड (भारु) पुरस्कार पाएको छ भने उपविजेता पञ्जाब किंग्सले  १२.५ करोडमा सन्तुष्ट हुन विवश भयो । 

 तेस्रो स्थानमा रहेको मुम्बई इन्डियन्सले ७ करोड र चौथो स्थानमा रहेको गुजरात टाइटन्सले ६ करोड ५० लाख रुपैयाँ प्राप्त गरेको छ । अरूण जेटली स्टेडियमले पिच एन्ड ग्राउन्ड अवार्डमार्फत ५० लाख पाउँदा प्लेअर अफ दि टुर्नामेन्ट सुर्यकुमार यादव भए । उनले १५ लाख पाए । 

सिजनमा सर्वाधिक ७५९ रन बनाउने गुजरातका साई सुदर्शनले ओरेन्ज क्यापसहित १० लाख रूपैयाँ पाए भने सर्वाधिक २५ विकेट लिने प्रसिद्ध कृष्णले पर्पल क्यापसहित १० लाख रूपैयाँ पाए । १४ वर्षीय वैभव सूर्यवंशी सिजनको सुपर स्ट्राइकर चुनिए ।

गुजरातका ओपनर साई सुदर्शनले अधिकतम व्यक्तिगत अवार्ड पाए । ओरेन्ज क्याप बाहेक उनले अल्टिमेट फ्यान्टेसी प्लेयर अफ द सिजन, इमर्जिङ प्लेयर अफ द सिजन र मोस्ट बाउन्ड्री (चौका) को अवार्ड पनि पाए।

सबैभन्दा बढी चौका हान्ने मुम्बईका सूर्यकुमार यादव प्रतियोगिताका मोस्ट भ्यालुएबल प्लेयर बने भने सबैभन्दा बढी छक्का हान्ने निकोलस पुरन, ग्रिन डट बल मोहम्मद सिराज र क्याच अफ दि सिजन कमिंदु मेंडिसले पाए । सबैले १०–१० लाख रकमसमेत प्राप्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ