आईपीएलको उपाधि जित्न पञ्जाब बैंगलोरले दिएको १९१ रनको चुनौती पछ्याउँदै
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २० मंगलबार
766
Shares
काठमाडौँ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको अठारौँ संस्करणको उपाधिका लागि पञ्जाब किंग्सले १९१ रनको चुनौती पछ्याइरहेको छ ।
अहमदाबादको नरेन्द्र मोदी मैदानमा भइरहेको खेलमा पहिलो उपाधि जितका लागि पञ्जाबले १९१ रनको चुनौती पछ्याइरहेको हो ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बैंगलुरुले ९ विकेटको क्षतिमा १९० रन बनायो ।
विराट कोहलीले सर्वाधिक ४३ रन बनाएको इनिङ्समा रजत पाटिदारले २६, लियाम लिभिङस्टोनले २५ तथा मायांक अग्रवाल र जितेश शर्माले समान २४ रन बनाए ।
अर्शदीप सिंह र कायल जेमिसनले समान ३–३ विकेट लिए ।
पहिलो पटक उपाधिविहीन दुई टोलीहरु रोयल च्यालेन्जर्स बैंगलुरु र पञ्जाब किंग्स फाइनलमा भिडिरहेसँगै आईपीएलले नयाँ विजेता पाउन लागेको हो ।
पञ्जाब किंग्स ११ वर्षपछि र बैंगलुरु ९ वर्षपछि फाइनलमा पुगेको हो ।
आईपीएलका १७ औं संस्करणसम्म मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सले समान ५, कोलकाता नाइट राइडर्सले ३ तथा राजस्थान रोयल्स, डेक्कन चार्जर्स, सनराइजर्स हैदराबाद र गुजरात टाइटान्सले समान १–१ उपाधि जितेका छन् ।
अहिलेसम्म सात टिमले उपाधि जितेकामा आजदेखि आठौँ टिम बैंगलुरु वा पञ्जाब हुनेछ ।