arrow

कोरोनाबाट भारतमा दुई दिनमा २१ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १९ सोमबार
covid-india-25-6-2.jpg

नयाँदिल्ली । भारतमा दुई दिनभित्रमा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसअनुसार सबैभन्दा बढी महाराष्ट्र र केरलामा ७–७ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

साथै कोरोनाका सक्रिय केसहरूको संख्या हवात्तै बढेर तीन हजार ७८३ पुगेको छ । सबैभन्दा बढी संक्रमितहरूको संख्या केरलामा रहेको छ । जहाँ एक हजार ४०० संक्रमित मामिलाहरू उल्लेख गरिएको छ ।

 स्वास्थ्य विभागको वेबसाइटका अनुसार २२ मे मा देशमा २५७ केसहरू मात्रै थिए तर यो बिचका ९ दिनमा १४ गुणाले कोरोनाका केसहरू बढेका हुन् ।

गत मे ३१ मा बेङ्गलुरुमा ६३ वर्षीय प्रौढको कोरोना कारण मृत्यु भएका थियो । तर, उनले दुवै खोपसँगै  बुस्टर डोज पनि लगाएका थिए तर  पनि उनको ज्यान गुमाउनु परेको थियो ।

भारत सरकारले मानिसहरूलाई भीडभाड हुने ठाउँमा मास्क लगाउन, शारीरिक दूरी कायम गर्न र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ।

 ज्वरो, खोकी, छाती दुख्ने वा सास फेर्न गाह्रो भएमा तुरुन्तै नजिकको अस्पतालमा गएर परीक्षण गराउन भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ