arrow

वर्षा रोकिएपछि शुरु भयो मुम्बई–पञ्जाब भिडन्त

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १८ आइतबार
ipl-2025-mum-pk.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्स र पञ्जाब किंग्स भिडिरहेका छन् । 

अहमदाबादको मैदानमा टस जितेर पञ्जाबले बलिङ रोजेसँगै मुम्बईले ब्याटिङ गरिरहेको छ । 

तर खेलमा टसपछि वर्षाले रोकिएको खेल दुई घण्टापछि शुरु भएको हो । यद्यपि ओभर भने घटाइएको छैन । 

यसअघि शुक्रबार राति भएको इलिमिनेटर खेलमा गुजरात टाइटान्सलाई २० रले पराजित गर्दै मुम्बई इन्डियन्स दोस्रो क्वालिफायरमा पुगेको हो ।

पञ्जाब पहिलो क्वालिफायरमा पराजित हुँदै दोस्रो क्वालिफायरमा धकेलिएको हो । पहिलो क्वालिफायरमा विजयी हुँदै रोयल च्यालेन्जर्स बैंगलुरु फाइनलमा पुगेको छ । 

बिहीबार राति भएको पहिलो क्वालिफायर खेलमा पञ्जाब किंग्सलाई ८ विकेटले पराजित गर्दै बैंगलुरु फाइनलमा पुगेको हो । 

आजको खेलको विजेताले उपाधिका लागि फाइनलमा बैंगलुरुसँग खेल्नेछ 

फाइनल आगामी मंगलबार हुनेछ । अहिलेसम्म मुम्बईले पाँच पटक उपाधि जितिसकेको छ । पाँच पटक नै उपाधि जितेको चेन्नई सुपर किंग्सले यसपालि पुछारमा रहेर लिग सकाएको थियो । 

बैंगलोर चौथो पटक फाइनलमा पुगेको छ । अहिलेसम्म उपाधि जितेको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ