दोस्रो क्वालिफायरमा मुम्बई र पञ्जाब मैदानमा, टस भयो वर्षाले खेल रोकियो
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १८ आइतबार
911
Shares
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्स र पञ्जाब किंग्स भिड्दै छन् ।
अहमदाबादको मैदानमा टस जितेर पञ्जाबले बलिङ रोजेसँगै मुम्बईले ब्याटिङ गर्दैछ । तर वर्षाले गर्दा खेल बेलुकी ७ः४५ बजेदेखि हुनुपर्ने खेल हुन सकेको छैन ।
यसअघि शुक्रबार राति भएको इलिमिनेटर खेलमा गुजरात टाइटान्सलाई २० रले पराजित गर्दै मुम्बई इन्डियन्स दोस्रो क्वालिफायरमा पुगेको हो ।
पञ्जाब पहिलो क्वालिफायरमा पराजित हुँदै दोस्रो क्वालिफायरमा धकेलिएको हो । पहिलो क्वालिफायरमा विजयी हुँदै रोयल च्यालेन्जर्स बैंगलुरु फाइनलमा पुगेको छ ।
बिहीबार राति भएको पहिलो क्वालिफायर खेलमा पञ्जाब किंग्सलाई ८ विकेटले पराजित गर्दै बैंगलुरु फाइनलमा पुगेको हो ।
आजको खेलको विजेताले उपाधिका लागि फाइनलमा बैंगलुरुसँग खेल्नेछ
फाइनल आगामी मंगलबार हुनेछ । अहिलेसम्म मुम्बईले पाँच पटक उपाधि जितिसकेको छ । पाँच पटक नै उपाधि जितेको चेन्नई सुपर किंग्सले यसपालि पुछारमा रहेर लिग सकाएको थियो ।
बैंगलोर चौथो पटक फाइनलमा पुगेको छ । अहिलेसम्म उपाधि जितेको छैन ।