मोरङको बेलबारीबाट चार बालिका बेपत्ता, खोजी कार्य जारी
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १८ आइतबार
666
Shares
मोरङ । मोरङको बेलबारी नगरपालिका–२, लालभित्तीबाट एकै स्थानका चार जना बालिका बेपत्ता भएका छन्। गत जेठ १५ गते, गणतन्त्र दिवसका दिनदेखि उनीहरू परिवारको सम्पर्कमा नभएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।
बेपत्ता हुनेमा सुन्दरहरैचा–११ शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार छन्। यस्तै, बेलबारी–२ स्थित कविर माविमा अध्ययनरत १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली पनि बेपत्ता भएका हुन्।
उनीहरू साथी भेट्न जाने भन्दै घरबाट निस्किएका थिए। इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले बेपत्ता बालिकाहरूको खोजी कार्य तीव्र पारिएको जानकारी दिए।