arrow

मोरङ ४ मा रास्वपाका सन्तोष निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
santosh-rajbansi.jpg

मोरङ । मोरङ निर्वाचन क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सन्तोष राजवंशी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन अधिकृत घनेन्द्र अधिकारीका अनुसार आज बिहान सार्वजनिक भएको अन्तिम मतपरिणाममा राजवंशीले भारी मतान्तरले जित हासिल गरेका हुन्।

राजवंशीले कुल ४० हजार ८३३ मत प्राप्त गरी विजयी बनेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले १२ हजार ८१८ मत मात्र पाएका छन्। राजवंशी र घिमिरेबीचको मतान्तर २८ हजार १५ रहेको छ।

यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अमनलाल मोदीले १० हजार ७६२ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का जीवन घिमिरे ६ हजार ९३३ मतमा सीमित भएका छन्। यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी जम्मा १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए।

कुल १ लाख १९ हजार २५५ मतदाता रहेको मोरङ ४ मा ८० हजार ८४ मत खसेको थियो। साविकको वाम-लोकतान्त्रिक गठबन्धन र एमालेका प्रभावशाली नेताहरूलाई पछि पार्दै राजवंशीले हात पारेको यो जितलाई मोरङको राजनीतिमा ठूलो उथलपुथलका रूपमा हेरिएको छ। अहिले विजयी उम्मेदवार राजवंशीका समर्थकहरूले विराटनगरका विभिन्न स्थानमा खुसीयाली मनाइरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ