arrow

आईपीएलको एलिमिनेटर

‍मुम्बई र गुजरात 'गर वा मर' को स्थितिमा : हार्ने टोली बाहिरिने, जित्ने पञ्जाबसँग भिड्ने

कुल सात खेलमध्ये गुजरातले ५ खेल जितेर आफ्नो बलियो पकड देखाएको छ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १६ शुक्रबार
ipl-2024-mumbai-gujrat-.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को एलिमिनेटर खेल आज साँझ ७:४५ बजे मुल्लांपुरको महाराजा यादवेन्द्र सिंह इन्टरनेसनल स्टेडियममा मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच हुँदैछ। 

यो खेल दुवै टोलीका लागि 'गर वा मर' को स्थितिमा छ, किनभने आज पराजित हुने टोलीको आईपीएल यात्रा समाप्त हुनेछ भने विजेता टोलीले क्वालिफायर-२ मा पञ्जाबसँग खेल्न पाउनेछ।

हेड-टु-हेड र यस सिजनको प्रदर्शन
आईपीएल इतिहासमा मुम्बई र गुजरातबीच हालसम्म कुल ७ वटा खेल भएका छन्। यसमध्ये गुजरातले ५ खेल जितेर आफ्नो बलियो पकड देखाएको छ, जबकि मुम्बईले २ खेल मात्र जितेको छ। यस सिजनमा यी दुई टोली तेस्रो पटक आमने-सामने हुन लागेका हुन्, र यसअघिका दुवै भेटमा गुजरात विजयी भएको थियो। यद्यपि, महाराजा यादवेन्द्र सिंह इन्टरनेसनल स्टेडियममा भने दुवै टोली पहिलो पटक भिड्दैछन्।

एलिमिनेटरमा मुम्बईको इतिहास
मुम्बईले पाँचौँ पटक एलिमिनेटर खेल खेल्न लागेको हो। यसअघि २०११, २०१२, २०१४ र २०२३ मा मुम्बईले एलिमिनेटर खेलेको थियो। यी सबै सिजनमा टोलीले फाइनलसम्मको यात्रा तय गर्न सकेन। २०११ र २०२३ मा एलिमिनेटर जिते पनि क्वालिफायर-२ मा पराजित भएको थियो, जबकि २०१२ र २०१४ मा भने एलिमिनेटरमै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

गुजरातको पहिलो अनुभव
यता, गुजरात टाइटन्सका लागि भने यो पहिलो एलिमिनेटर खेल हो। यो उनीहरूका लागि नयाँ चुनौती र अवसर दुवै हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ