arrow

आर्थिक वर्ष २०८२/०८३ को बजेट

काठमाडौंका उद्योगहरू उपत्यका बाहिर सारिने, व्यवसाय र हाउजिङलाई हदबन्दीभन्दा बढी जग्गा खरिदको अनुमति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १५ बिहिबार
budget-082.jpg

काठमाडौं ।  काठमाडौं उपत्यकाको बढ्दो प्रदूषण नियन्त्रण गर्न सरकारले उपत्यकाभित्र सञ्चालित उद्योगहरूलाई बाहिर सार्ने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यो जानकारी दिए।

अर्थमन्त्री पौडेलले राजधानी क्षेत्रको प्रदूषण कम गर्ने उद्देश्यले उद्योगहरूलाई उपत्यका बाहिरका औद्योगिक क्षेत्रहरूमा स्थानान्तरण गर्न प्रोत्साहन गरिने बताए। यसका लागि स्थानान्तरण हुने उद्योगहरूलाई निःशुल्क लिजमा जग्गा उपलब्ध गराइने व्यवस्था मिलाइएको छ।

त्यसैगरी, सरकारले उद्योग, व्यवसाय, कृषि फर्म र हाउजिङ अपार्टमेन्टहरूका लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न सक्ने व्यवस्था गरेको छ। अर्थमन्त्री पौडेलले हदबन्दीका कारण बिक्री हुन नसकेका अनुमति प्राप्त हाउजिङ तथा अपार्टमेन्टहरूलाई बिक्री गर्न पाउने व्यवस्था गरिने पनि बताए।

सरकारले आगामी आर्थिक वर्षमा जग्गा प्राप्ति तथा हदबन्दीसम्बन्धी कानुनको पुनरावलोकन गर्ने योजना बनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ