arrow

तोलामा १९ सय बढ्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ३ आइतबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ। नेपाली बजारमा साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ।

गत शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा एक हजार नौ सय र चाँदीको ४० रुपैयाँले बढेको हो।

मूल्य बढेसँगै आइतबार छापावाल सुनको भाउ प्रतितोला दुई लाख ८४ हजार कायम भएकाे नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएकाे छ।

यसअघि गत शुक्रबार सुन प्रतितोला दुई लाख ८२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यता, गत शुक्रबार प्रतितोला चार हजार दुई सयमा कारोबार भइरहेको असली चाँदीको भाउ आइतबार बढेर चार हजार दुई सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ