arrow

गरिमा विकास बैङ्कद्वारा तीन नयाँ डिजिटल बैङ्किङ सेवा एकसाथ सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन २ शनिबार
garima-bikash-bank-introducing-3-product-july-2026.jpg

काठमाडौँ। नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसरमा गरिमा विकास बैङ्क लिमिटेडले डिजिटल बैङ्किङ सेवाको विस्तार तथा आफ्ना ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैङ्किङ अनुभव प्रदान गर्ने उद्देश्यले आफ्नो डिजिटल इकोसिस्टममा एकसाथ तीन नयाँ प्रविधिमा आधारित सेवा सार्वजनिक गरेको छ। बैङ्कले गरिमा प्रिपेड डलर कार्ड, गरिमा पीओएस टर्मिनल तथा गरिमा इन्टरबैङ्क क्युआर टेलर सेवाको औपचारिक शुभारम्भ गरेको हो।

गरिमा प्रिपेड डलर कार्डमार्फत नेपाल राष्ट्र बैङ्कले तोकेको सीमाभित्र रही अन्तर्राष्ट्रिय वेबसाइट, मोबाइल एप तथा ई-कमर्स प्लेटफर्महरूमा अमेरिकी डलरमा सुरक्षित अनलाइन भुक्तानी गर्न सकिनेछ।

त्यसै गरी, गरिमा पीओएस टर्मिनल सेवासँगै व्यवसायी तथा व्यापारीहरूले डेबिट, क्रेडिट तथा प्रिपेड कार्डमार्फत सुरक्षित, छिटो र भरपर्दो डिजिटल भुक्तानी प्राप्त गर्न सक्नेछन्। यस सेवाले नगदरहित कारोबारलाई प्रवर्द्धन गर्दै व्यापारिक कारोबारलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

यसै गरी, गरिमा इन्टरबैङ्क क्युआर टेलर सेवा मार्फत फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैङ्क तथा वित्तीय संस्थाका ग्राहकहरूले मोबाइल एपबाट गरिमा इन्टरबैङ्क क्युआर स्क्यान गरी गरिमा विकास बैङ्कको जुनसुकै शाखाबाट सहज रूपमा नगद प्राप्त गर्न सक्नेछन्।

डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै आएको गरिमा विकास बैङ्कले आफ्ना ग्राहकहरूलाई सुरक्षित, सरल, छिटो र गुणस्तरीय बैङ्किङ सेवा उपलब्ध गराउने लक्ष्यका साथ आगामी दिनमा पनि नवीनतम प्रविधिमा आधारित सेवाहरू विस्तार गर्दै जाने विश्वास व्यक्त गरेको छ। आईएसओ ९००१:२०१५ र आईएसओ २७००१:२०२२ मान्यता प्राप्त यस विकास बैङ्कले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम तथा नवीनतम डिजिटल इकोसिस्टम मार्फत करिब ९ लाख ग्राहकहरूलाई सरल, सुरक्षित तथा गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ