arrow

आर्थिक वर्ष २०८२/०८३ को बजेट आज सार्वजनिक हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १५ बिहिबार
Bazet-and-Bishnu-poudel.jpg.jpeg

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दैछन्।

अपराह्न ३:०० बजे हुने बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्रीले आव २०८२/०८३ को बजेट पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले जानकारी दिए। संसद् सचिवालयले दुवै सदनका सदस्यहरूलाई दिउँसो २:४५ बजेअगाडि नै प्रतिनिधिसभा बैठककक्षमा उपस्थित हुन आग्रह गरेको छ।

त्यसअघि, प्रतिनिधिसभाको अपराह्न १:३० बजे हुने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा वाचन गर्नेछन्। सोही बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण पनि प्रस्तुत गर्ने कार्यसूची छ।

त्यसैगरी, राष्ट्रियसभाको अपराह्न १:४५ मा हुने बैठकमा पनि अर्थमन्त्री पौडेलले ‘आव २०८२/०८३ को आर्थिक सर्वेक्षण’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यतालिका सार्वजनिक भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ