पञ्जाब पुग्यो आईपीएलको शीर्ष २ मा, हारसँगै मुम्बई धकेलियो 'एलिमिनेटर'मा
पञ्जाब किंग्सद्वारा मुम्बई इन्डियन्स ७ विकेटले पराजित
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १३ मंगलबार
655
Shares
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को ६९ औँ खेलमा पञ्जाब किंग्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै प्लेअफको शीर्ष-२ मा आफ्नो स्थान पक्का गरेको छ।
यस जितसँगै पञ्जाब १९ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ र अब जेठ १६ गते क्वालिफायर-१ खेल्नेछ। अर्कोतर्फ, मुम्बई भने यो हारपछि जेठ १७ गते एलिमिनेटर खेल्न बाध्य भएको छ।
जयपुरको सवाई मानसिंह स्टेडियममा पञ्जाबले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनायो। जवाफमा पञ्जाबले १८५ रनको लक्ष्य १८.३ ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्यो।
पञ्जाबका कप्तान श्रेयस अय्यरले १६ बलमा २६ रन बनाएर अविजित रहँदै ट्रेन्ट बोल्टको बलमा छक्का प्रहार गरेर टोलीलाई जित दिलाए।
जोश इंग्लिसले ७३ रन र प्रियांश आर्याले ६२ रनको अर्धशतकीय पारी खेल्दै टोलीको जितमा महत्त्वपूर्ण भूमिका निभाए। उनीहरू दुवैले शतकीय साझेदारी पनि गरेका थिए।
मुम्बईका मिचेल सैंटनरले दुई विकेट लिए भने जसप्रीत बुमराहले एक विकेट लिए।
मुम्बईका लागि सूर्यकुमार यादवले ३९ बलमा ५७ रनको उत्कृष्ट पारी खेले, जसमा ६ चौका र २ छक्का समावेश थिए। तर, अन्य कुनै पनि मुम्बईका ब्याट्सम्यानले ३० रनको आँकडा पार गर्न सकेनन्।