arrow

बेवास्ताको पराकाष्ठा

सुनकोशी मरिन डाइभर्सन आयोजनाको यस्तो छ पछिल्लो अवस्था [फोटोफिचर]

आयोजनाको शिलान्यास भएको चार वर्ष भइसक्दा आयोजनाको निर्माण १० प्रतिशत पनि नाघेको छैन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १० शनिबार
sunkoshi-marine-diversion-2.jpg

काठमाडौँ । मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमीनमा वर्षैभरि सिँचाइ सुविधा पुग्ने र ३१.७ मेगावाट बिजुली पनि उत्पादन गर्ने गरी अघि बढाइएको सुनकोशी मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम सुस्त गतिमा अघि बढिरहेको छ । 

आयोजनाको शिलान्यास भएको चार वर्ष भइसक्दा आयोजनाको निर्माण १० प्रतिशत पनि नाघेको छैन । गत महिना ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुस्त गतिमा अघि बढेको आयोजना चाँडो सम्पन्न गर्नेगरी समाधान खोज्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए ।

सन् २०२१ मा पहिलो ठेक्का लगाएर सुरुङ खन्ने काम सम्पन्न भए पनि हेडवर्क्स निर्माणको काम भने सुस्त गतिमा भइरहेको छ । सन् २०२७ मा हेडवर्क्स निर्माण सम्पन्न गर्नुपर्ने मिति तोकिएको छ ।
 

sunkoshi-marine-diversion-2082 (14).jpg
sunkoshi-marine-diversion-2082 (13).jpg
sunkoshi-marine-diversion-2082 (12).jpg
sunkoshi-marine-diversion-2082 (11).jpg
sunkoshi-marine-diversion-2082 (10).jpg
sunkoshi-marine-diversion-2082 (9).jpg
sunkoshi-marine-diversion-2082 (8).jpg
sunkoshi-marine-diversion-2082 (7).jpg
sunkoshi-marine-diversion-2082 (6).jpg
sunkoshi-marine-diversion-2082 (5).jpg
sunkoshi-marine-diversion-2082 (4).jpg
sunkoshi-marine-diversion-2082 (3).jpg
sunkoshi-marine-diversion-2082 (2).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ