arrow

सरकारमा बसेर राम्रो काम नगर्दा कांग्रेस बदनाम भएको तारामानको तर्क

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ९ शुक्रबार
taraman-gurung-2082.jpg

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तारामान गुरुङले पार्टी सरकारमा भएर राम्रो काम गर्न नसकेको बताएका छन् । उनले अहिलेको गतिमा अगाडि बढ्दा बदनाम भएको दाबी गर्दै राम्रो काम गरेर देखाउन मन्त्रीहरुलाई सुझाव दिएका छन् । 

उनले पार्टी सरकारमा हुनु र नहुनुको कुनै अर्थ नहुने भन्दै जनअपेक्षाअनुसार काम नगर्ने हो कांग्रेस बिलाएर जाने ठोकुवा गरेका छन् । 

उनले कांग्रेस सरकारमा भए पनि राम्रो काम नगरेकाले कांग्रेस नै खतरामा भएको बताए । उनले एमालेसँग मिलेर सरकारमा जाने पार्टीको निर्णयविरुद्ध बोल्न उपयुक्त नभए पनि विकृतिको बारेमा बोल्नुपर्ने बताए । 

कांग्रेस नेताहरुलाई केपी ओलीको कार्यकर्ता बनाइएको उनको गुनासो छ । उनले गन्ध बेगरको मान्छेलाई मन्त्रालयको जिम्मेदारी दिएर पठाउनु पर्ने भन्दै त्यसो गर्न नसके एक दिन कांग्रेस नै जनताबाट सबैभन्दा अलोकप्रिय हुने दाबी गरेका छन् । 

उनले ठूलो दल भएर पनि सत्ता गठबन्धन गर्नुभन्दा जनतासँग गएको भए जाती हुने पनि बताए । नेताहरु भ्रष्टाचारमा रुमलिएका कारण युवाहरु विदेशिनु परेको नेता गुरुङले दुःखेको गरे । सरकारले केही पनि राम्रो कार्यक्रम ल्याउन नसकेको उनको दाबी छ ।  

नेता गुरुङले हरेक संकटका बेलामा कांग्रेसले नेतृत्व लिएर समाधान गरेको भए पनि अहिले सरकारले संविधानको मर्म अनुसार काम नगरेकाले त्यसको सबैभन्दा बढी क्षति कांग्रेसलाई नै हुने बताए । 

उनले ऊर्जा मन्त्रालय कांग्रेसको भागमा रहे पनि विद्युत प्राधिकरणमा केपी ओलीको इशारामा काम गर्दा कांग्रेस नै बदनाम भएकोसमेत बताए । 

उनले नेताले बोलेपछि निर्णय पनि गर्नुपर्नेमा जोड दिए । गुरुङले गिरिजाप्रसाद कोइराला र सुशील कोइराला बितेपछि कांग्रेसको नेतृत्व खड्केको भन्दै पार्टी नै सँगसँगै लिएर गएको जस्तो भान भएको बताए ।   

नेता गुरुङले आफूलाई विकासे नेता भनेर जनताले चिन्दै आएकोमा खुशी व्यक्त गरेका छन् । अरुलाई भ्रष्टाचारी र अपराधी भनेको भन्दै विकासको काम गरेको मान्छेलाई विकासे नेता भनेर चिनिनु खुशी लागेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ