जर्मनी सम्मेलनको बहानामा ठगी गर्ने ट्राभल्स सञ्चालक पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ८ बिहिबार
633
Shares
काठमाडौँ । ठगीमा संलग्न रहेको अभियोगमा गिल्ट ट्राभल्स एन्ड टुर्स प्रालिका सञ्चालक श्रृजेश कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ महानगरपालिका–२६ लैनचौर बस्ने २१ वर्षीय कार्कीले जर्मनीमा हुन लागेको अन्तर्राष्ट्रिय अपाङ्गता सम्मेलन २०२५ मा सहभागी हुने व्यक्तिहरूका लागि हवाई टिकट, टर्कीको ट्रान्जिट भिसा र होटल बुकिङसमेत गरिदिन्छु भनी नक्कली कागजात बनाई रु चार लाख ३० हजार ठगी गरेको भन्ने उजुरी परेको थियो।
कार्कीलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।