arrow

सेफ सन्तोष साह महोत्तरीबाट पक्राउ, काठमाडौँ ल्याइयो

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३० शनिबार
santosh11.jpg

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष प्रहरी टोलीले चेक अनादर (बाउन्स) तथा ठगी कसुरमा चर्चित सेफ सन्तोष साहलाई पक्राउ गरेको छ।

जिल्ला अदालत काठमाडौँको अनुमतिमा प्रहरीले साहलाई गए राति महोत्तरीबाट नियन्त्रणमा लिएको हो। पक्राउ गरिएका साहलाई आज (शुक्रबार) काठमाडौँ ल्याइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) सरतकुमार थापाक्षेत्रीले जानकारी दिए।

एसपी थापाक्षेत्रीका अनुसार साहमाथि काठमाडौँको गैरीधारामा अवस्थित एउटा रेस्टुरेन्ट खरिद गर्ने क्रममा चेक अनादर तथा ठगी गरेको अभियोग रहेको छ। 

सोही उजुरीका आधारमा अदालतबाट पक्राउ पुर्जी अनुमति लिएर उनलाई महोत्तरीबाट पक्राउ गरी काठमाडौँ ल्याइएको हो र यस विषयमा थप कानुनी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ