arrow

आईपीएलमा मुम्बई र दिल्ली मैदानमा, मुम्बई जित्दा प्लेअफ समीकरण पूरा, हार्दा खुला

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ७ बुधबार
ipl-mum-bai-delhi-25-5-21.jpg

काठमाडौँ । भारतमा भइरहेको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा अहिले महत्वपूर्ण खेल भइरहेको छ । वाङेखेडे मैदानमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स भिडिरहेका छन् । 

यो खेल जित्दा मुम्बई प्लेअफमा पुग्नेछ । मुम्बईले जित्दा एक खेलअघि नै मुम्बई प्लेअफमा पुग्नेछ । मुम्बईले यो खेल जिते आजै प्लेअफ समीकरण पनि पूरा हुनेछ । 

यदि दिल्ली विजयी भयो भने दुवै टिमको अन्तिम खेलको नतिजाबाट मात्रै प्लेअफ समीकरणको टुंगो लाग्नेछ । १२ खेलबाट मुम्बईको १४ तथा दिल्लीको १३ अंक छ ।

यसअघि तीन टिम गुजरात टाइटान्स, रोयल च्यालेन्जर्स बैंगलुरु र पञ्जाब किंग्स दुई खेलअघि नै प्लेअफमा पुगिसकेका छन् । अब अन्तिम टिमको टुंगो लाग्नमात्र बाँकी छ । 

खेलमा टस हारेर मुम्बईले पहिले ब्याटिङ गरिरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ