arrow

अर्थतन्त्र सुधार र वित्त नीति कार्यान्वयनबारे अर्थमन्त्री पौडेल र गभर्नर पौडेलबीच छलफल [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ७ बुधबार
bishwaraj-poudel-bishnu-poudel (9).jpg

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वराज पौडेलले भेटेका छन् । आज बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेललाई भेटेका हुन् । 

सो अवसरमा अर्थमन्त्री पौडेलले हार्दिक बधाइ दिँदै सफल कार्यकालको शुभकामना दिए । अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरी अघि बढ्ने उल्लेख गर्दै नवनियुक्त गभर्नर पौडेलले अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखा परेका समस्या समाधानमा महत्वपूर्ण पहल गर्ने विश्वास व्यक्त गरे ।
 
नवनियुक्त गभर्नर पौडेलले अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको नेतृत्व गर्ने र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्त नीति कार्यान्वयनमा सहयोग पुर्याउने बताए । 

उनले वित्तीय क्षेत्रको प्रभावकारिताका लागि राष्ट्र बैंकको सुपरीवेक्षकीय क्षमतामा जोड दिने बताए ।
 
सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरेलगायतले नवनियुक्त गभर्नर पौडेललाई बधाइ तथा शुभकामना दिएका थिए ।
 

bishwaraj-poudel-bishnu-poudel (5).jpg
bishwaraj-poudel-bishnu-poudel (6).jpg
bishwaraj-poudel-bishnu-poudel (7).jpg
bishwaraj-poudel-bishnu-poudel (8).jpg
bishwaraj-poudel-bishnu-poudel (9).jpg
bishwaraj-poudel-bishnu-poudel (1).jpg
bishwaraj-poudel-bishnu-poudel (2).jpg
bishwaraj-poudel-bishnu-poudel (3).jpg
bishwaraj-poudel-bishnu-poudel (4).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ