arrow

विश्व पौडेल विरुद्धको मुद्दाको सुनुवाइ सकियो, आदेश आउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ६ मंगलबार
supreme-court-photo-oli.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्राडा विश्व पौडेललाई गभर्नर बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा परेको रिटलाई दरपीठ गर्ने विरूद्धको निवेदनमाथि सुनवाई सकिएको छ।

सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको इजलासमा पौडेल विरुद्धको सुनुवाई सकिएको हो ।

अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले पौडेल गभर्नर बन्न नमिल्ने भन्दै सर्वोच्चमा गत बैशाख ३० गते रिट दायर गरेका थिए । तर उक्त रिट सर्वोच्च अदालतले यही जेठ २ मा दरपीठ गरिदिएको थियो ।

उप्रेती र थापाले पौडेल राजनीतिक दलमा सदस्य भएका व्यक्ति गभर्नर नियुक्त हुन नसक्ने र नेपाली कांग्रेसको महासमिति सदस्य तथा निर्वाचनमा पराजित प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेकाले गभर्नर बन्न नमिल्ने भन्दै रिट दायर गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ