arrow

हैदराबादको जितसँगै आईपीएलको प्लेअफ दौडबाट बाहिरियो लखनऊ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ६ मंगलबार
srh-lsg.jpg

काठमाडौँ । सनराइजर्स हैदराबादले शानदार प्रदर्शन गर्दै लखनऊ सुपर जायंट्सलाई ६ विकेटले पराजित गरेको छ। यो हारसँगै लखनऊ सुपर जायंट्स आधिकारिक रूपमा आईपीएल २०२५ को प्लेअफको दौडबाट बाहिरिएको छ।

इकाना स्टेडियममा भएको खेलमा हैदराबादले टस जितेर पहिले बलिङ गर्ने निर्णय गर्‍यो। ब्याटिङमा उत्रिएको लखनऊले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०५ रन बनायो। टोलीका ओपनर मिचेल मार्शले उत्कृष्ट ब्याटिङ गर्दै ६५ रनको योगदान दिए भने एडन मार्करमले ६१ रन बनाए। निकोलस पूरनले पनि ४५ रन थपे। हैदराबादका लागि ईशान मलिंगाले २ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको हैदराबादले उत्कृष्ट प्रदर्शन गर्‍यो। अभिषेक शर्माले ५९ रनको महत्त्वपूर्ण पारी खेले भने हेनरिक क्लासेनले ४७ रन बनाए। ईशान किशनले ३५ रनको योगदान दिए। लखनऊका बलर दिग्वेश राठीले २ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्। हैदराबादले १८.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो।

यो हारपछि लखनऊ सुपर जायंट्सले १२ खेलमा ७ हार बेहोरेको छ र अब अधिकतम १४ अंकसम्म मात्र पुग्न सक्छ, जुन प्लेअफमा स्थान बनाउन पर्याप्त हुनेछैन। यसअघि नै प्लेअफको दौडबाट बाहिर भइसकेको हैदराबादले भने यो सिजनको चौथो जित दर्ता गरेको छ। टोलीले खेलेको १२ खेलमध्ये एक खेल भने नतिजाविहीन रहेको र हाल टोलीसँग ९ अंक छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ