राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ५ सोमबार
1.2k
Shares
काठमाडौं। नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ५२ पैसा र बिक्री दर १३७ रुपैयाँ १२ पैसा तोकिएको छ।
युरोपियन युरो एकको खरिद दर १५२ रुपैयाँ ४० पैसा र बिक्री दर १५३ रुपैयाँ ०७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिद दर १८१ रुपैयाँ २२ पैसा र बिक्री दर १८२ रुपैयाँ ०२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १६२ रुपैयाँ ९४ पैसा र बिक्री दर १६३ रुपैयाँ ६६ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४१ पैसा र बिक्री दर ८७ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ७६ पैसा र बिक्री दर ९८ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०५ रुपैयाँ ०३ पैसा र बिक्री दर १०५ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ।
जापानी येन १० को खरिद दर नौ रुपैयाँ ३७ पैसा र बिक्री दर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ९४ पैसा र बिक्री दर १९ रुपैयाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ४५ पैसा र बिक्री दर ३७ रुपैयाँ ६२ पैसा कायम छ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिद दर चार रुपैयाँ ०९ पैसा र बिक्री दर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिद दर ३७ रुपैयाँ १७ पैसा र बिक्री दर ३७ रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ ७८ पैसा र बिक्री दर ३१ रुपैयाँ ९२ पैसा, साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७६ पैसा र बिक्री दर ९ रुपैयाँ ८० पैसा, स्वीडिश क्रोनर एकको खरिद दर १३ रुपैयाँ ९६ पैसा र बिक्री दर १४ रुपैयाँ ०२ पैसा र डेनिस क्रोनर एकको खरिद दर २० रुपैयाँ ४३ पैसा र बिक्री दर २० रुपैयाँ ५२ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ४७ पैसा र बिक्री दर १७ रुपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिद दर ४४४ रुपैयाँ ०४ पैसा र बिक्री दर ४४५ रुपैयाँ ९९ पैसा, बहराइन दिनार एकको खरिद दर ३६२ रुपैयाँ १२ पैसा र बिक्री दर ३६३ रुपैयाँ ७१ पैसा, ओमनी रियाल एकको खरिद दर ३५४ रुपैयाँ ५९ पैसा र बिक्री दर ३५६ रुपैयाँ १५ पैसा रहेको छ।
भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले यो विनिमय दर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने पनि बैंकले स्पष्ट पारेको छ।