arrow

आईपीएल २०२५

वर्षाले रोकियो खेल, प्लेअफको दौडबाट बाहिरियो कोलकाता, बेंगलुरु शीर्षमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ४ आइतबार
ipl-2024-rcb-cheers.jpg

काठमाडौँ । भारत पाकिस्तान तनावबीच रोकिएको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को संस्करण शनिबारबाट पुन: शुरु भएको छ । 

शनिबार बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा तय भएको खेल भारी वर्षाका कारण रद्द भएको छ। खेल रद्द भएपछि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र कोलकाता नाइट राइडर्स (केकेआर) लाई एक-एक अङ्क बाँडिएको छ।

यस नतिजासँगै साबिक विजेता कोलकाता प्लेअफको दौडबाट औपचारिक रूपमा बाहिरिएको छ। १३ खेलमा ६ हार र २ खेल वर्षाले बिथोलिएपछि केकेआर अब १४ अङ्कसम्म मात्र पुग्न सक्नेछ।

उता, यो बराबरीले बेंगलुरुलाई भने अङ्क तालिकाको शीर्ष स्थानमा पुर्‍याएको छ। आरसीबीले १२ खेलमा ८ जित र एक बराबरीसहित १७ अङ्क जोडेको छ।

यस खेलमा विराट कोहलीले मे १२ मा टेस्ट क्रिकेटबाट संन्यास लिएपछि पहिलो पटक मैदानमा उत्रने तयारी गरेका थिए। उनका समर्थकहरू उनलाई विशेष सम्मान दिन १८ नम्बरको सेतो जर्सी लगाएर स्टेडियममा उपस्थित भएका थिए।  तर, वर्षाले उनीहरूको उत्साहलाई निराशामा बदलिएको छ।

अब आरसीबी शीर्ष स्थानमा रहँदा, केकेआर भने प्लेअफको होडबाट बाहिरिएको छ। अङ्क तालिकाको बाँकी समीकरण भने आगामी खेलहरूको नतिजाले निर्धारण गर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ