काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक शनिबारका लागि बोलाइएको छ । कांग्रेस संसदीय दलले शनिबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएको छ ।
बैठक नयाँ बानेश्वरस्थित ल्होत्से हलमा हुनेछ । बैठकका एजेन्डाका बारेमा कुनै उल्लेख गरिएको छैन ।
यद्यपि समसामयिक विषयमा छलफल हुने बताइएको छ । सांसद मोहनबहादुर बस्नेत भ्रष्टाचार काण्डमा मुछिएपछि उनको सांसद पद पनि निलम्बनमा परेसँगै कांग्रेसलाई धक्का लागेको छ ।
साथै बजेट अगाडि कांग्रेसले खेल्ने भूमिका सम्बन्धमासमेत छलफल हुने बताइएको छ । बजेटबारे छलफल गर्न कांग्रेसका सांसदहरु जागरुक नभएको आरोप लागिरहेका बेलामा शनिबारको छलफलले थप निष्कर्ष निकाल्ने बुझिएको छ ।