arrow

आईपीएल २०२५

मुम्बईलाई हराउँदै गुजरात शीर्ष स्थानमा, प्लेअफको दौड रोमाञ्चक मोडमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २४ बुधबार
rohit-sharmas.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा ५६ खेल सकिँदा प्लेअफको प्रतिस्पर्धा उत्कर्षमा पुगेको छ। तीन टोली प्रतियोगिताबाट बाहिरिएका छन् भने बाँकी सात टोली शीर्ष चारमा स्थान बनाउन सङ्घर्ष गरिरहेका छन्।

मंगलबार राति सम्पन्न खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई ३ विकेटले पराजित गर्दै अङ्क तालिकाको शीर्ष स्थान कब्जा गरेको छ। गुजरातले ११ खेलमा १६ अङ्क जोडेको छ भने मुम्बई १४ अङ्कसहित चौथो स्थानमा झरेको छ। रोयल च्यालेन्जर्स बैंगलुरु पनि १६ अङ्कसहित दोस्रो स्थानमा छ।

आज हुने कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्सबीचको खेलले प्लेअफ समीकरणमा थप फेरबदल ल्याउन सक्नेछ। कोलकाता ११ अङ्कसहित छैटौँ स्थानमा छ भने चेन्नई प्लेअफको दौडबाट बाहिरिइसकेको छ।

सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा मुम्बईका सूर्यकुमार यादव ५१० रनसहित पहिलो स्थानमा उक्लिएका छन् भने सर्वाधिक विकेट लिने खेलाडीमा गुजरातका प्रसिद्ध कृष्णा २० विकेटसहित अगाडि छन्। सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको सूचीमा लखनउ सुपर जायन्ट्सका निकोलस पूरन ३४ छक्कासहित शीर्ष स्थानमा छन्।

अब बाँकी खेलहरूले प्लेअफमा पुग्ने चार भाग्यमानी टोलीको टुङ्गो लगाउनेछन्। प्रतियोगिताको अन्तिम चरण निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ