arrow

क्यानाडाबाट आठ लाख हिन्दूलाई निष्काशन गर्न माग 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २२ सोमबार
khalistani-82-1-22.jpg

टोरन्टो । क्यानाडाबाट ८ लाख हिन्दूलाई निष्काशन गर्न खालिस्तानीहरूले माग गरेका छन् । उनीहरुले हिन्दूविरोधी नारा लगाउनुका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको पुतला बनाएर घुमाएका छन् । 

क्यानाडाको टोरन्टोमा आइतबार खालिस्तानी समर्थकहरूले हिन्दू विरोधी र्‍याली निकालेका हुन् । यस र्‍यालीमा खालिस्तानीहरूले ८ लाख हिन्दूहरूलाई भारत फिर्ता पठाउन नारा लगाएका थिए । यो र्‍याली टोरन्टोको माल्टन गुरुद्वारा नजिकै निकालिएको थियो ।

यसमा एउटा ठूलो ट्रकमा जेलको मोडेल बनाइएको थियो र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशंकरको पुतला राखिएको थियो । यी पुतलाहरूलाई कैदीहरूको रूपमा चित्रण गरिएको थियो।

उत्तर अमेरिकाका हिन्दू समुदायहरूको संगठन, कोएलिशन अफ हिन्दूज अफ नर्थ अमेरिकाले यसलाई लज्जास्पद भनेको छ । गत महिना मन्दिरको भित्तामा खालिस्तानी नारा लेखिएको थियो ।

गत महिना अप्रिल १९ मा क्यानाडाको सरे सहरमा रहेको लक्ष्मी नारायण मन्दिरको भित्तामा खालिस्तान समर्थक नारा लेखिएको थियो। मन्दिरको बाहिरी भित्ताहरूमा स्प्रे पेन्टले ‘खालिस्तान जिन्दावाद र फ्री पञ्जाबलगायत अन्य उत्तेजक नाराहरू लेखिएका थिए।

सोही दिन, मन्दिरबाट सहरभरि नगर कीर्तन पनि निकालिने थियो। घटना लगत्तै मन्दिर प्रशासनले एफआईआर दर्ता गराएको थियो। प्रहरीले पनि घटनालाई घृणा अपराध मानेर उजुरी दर्ता गरेको थियो ।

अधिकारीहरूका अनुसार यो धार्मिक कार्यक्रम अघिको वातावरण अस्थिर बनाउने उद्देश्यले गरिएको षड्यन्त्र हुन सक्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ