arrow

थप १० प्रतिशत कर बढाउने ट्रम्पको योजना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १० सोमबार
trump-20.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट अमेरिका आउने सामानहरूमा थप १० प्रतिशतले कर बढाउने योजना बनाएको बताएका छन्। क्यानडाको ओन्टारियो प्रान्तले प्रसारण गरेको कर विरोधी टिभी विज्ञापनका कारण उनले यस्तो योजना बनाएको बताएका हुन्।

उक्त विज्ञापनमा पूर्वराष्ट्रपति रोनाल्ड रेगनले अमेरिकी करको आलोचना गर्दै चित्रण गरिएको थियो। राष्ट्रपति ट्रम्पले यसलाई 'भ्रामक' आरोप लगाउँदै विज्ञापनमा क्यानडाले धोका दिएको आरोप लगाए।

उनले बिहीबार क्यानडासँगको व्यापार वार्ता समाप्त गर्ने धम्कीसमेत दिएका छन्। यो घटना अमेरिका र क्यानडाबीच चलिरहेको व्यापार वार्ता र सम्बन्धमा थप तनाव उत्पन्न हुने सङ्केत हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ