arrow

मापसेको मातले निम्त्यायो ठूलो दुर्घटना [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २२ सोमबार
bijuliko-pol-accident.jpg

काठमाडौँ । ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा कारको ठक्करबाट बिजुलीको पोल भाँचिएर बीच सडकमा पुगेपछि यातायात आवागमन रोकिएको छ । पोलमा ठोक्किएको कारमा सवार तीन जना घाइते भएर बीएण्डबी अस्पताल पठाइएको छ ।

गएराति मादक पदार्थ सेवन गरेर गाडी चलाउँदा भयानक दुर्घटना भएको हो । उक्त क्षेत्रमा ११ हजार भोल्टको बिजुलीको तार रहेको छ । पोल जोखिममा रहेकाले  एकतर्फीमात्रै बाटो खुला गरिएको छ । 

बा १५ च ७६५२ नम्बरको कार दुर्घटनामा परेको हो । कारलाई रुपक सापकोटाले चलाएका थिए । चालकलाई प्रहरीले नियन्त्रणमा लिएर राखेको छ । अमरध्वज पौडेल, विशाल विक र मुकेश लामिछाने घाइते रहेका छन् । 

mapase-accident-82-1-22 (1).jpeg
mapase-accident-82-1-22 (2).jpeg
mapase-accident-82-1-22 (3).jpeg
mapase-accident-82-1-22 (4).jpeg
mapase-accident-82-1-22 (5).jpeg
mapase-accident-82-1-22 (6).jpeg
mapase-accident-82-1-22 (7).jpeg
mapase-accident-82-1-22 (8).jpeg
mapase-accident-82-1-22 (9).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ