काठमाडौँ । ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा कारको ठक्करबाट बिजुलीको पोल भाँचिएर बीच सडकमा पुगेपछि यातायात आवागमन रोकिएको छ । पोलमा ठोक्किएको कारमा सवार तीन जना घाइते भएर बीएण्डबी अस्पताल पठाइएको छ ।
गएराति मादक पदार्थ सेवन गरेर गाडी चलाउँदा भयानक दुर्घटना भएको हो । उक्त क्षेत्रमा ११ हजार भोल्टको बिजुलीको तार रहेको छ । पोल जोखिममा रहेकाले एकतर्फीमात्रै बाटो खुला गरिएको छ ।
बा १५ च ७६५२ नम्बरको कार दुर्घटनामा परेको हो । कारलाई रुपक सापकोटाले चलाएका थिए । चालकलाई प्रहरीले नियन्त्रणमा लिएर राखेको छ । अमरध्वज पौडेल, विशाल विक र मुकेश लामिछाने घाइते रहेका छन् ।