arrow

आईपीएल २०२५

चेन्नईलाई दोस्रो पटक पनि हरायो बैंगलुरूले, पुग्यो शीर्ष स्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २१ आइतबार
rcb-chennai-.jpg

काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलुरू (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को ५२औँ खेलमा चेन्नई सुपर किंग्स (सीएसके) लाई २ रनको रोमाञ्चक अन्तरले पराजित गरेको छ। 

यो जितसँगै बैंगलुरू १६ अंकसहित अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यो बैंगलुरूको लगातार चौथो जित हो भने प्लेअफको दौडबाट बाहिरिइसकेको चेन्नईले लगातार चौथो खेल गुमाएको छ। बैंगलुरूले यस सिजनमा चेन्नईलाई दुवै खेलमा पराजित गरेको छ।

चिन्नास्वामी स्टेडियममा २१४ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर २११ रन मात्र बनाउन सक्यो। रवीन्द्र जडेजाले ४५ बलमा ७७ रनको अविजित पारी खेले भने आयुष म्हात्रेले ४८ बलमा ९४ रन बनाए। चेन्नईका लागि लुङ्गी एनगिडीले ३ विकेट लिए।

यसअघि बैंगलुरूका लागि रोमारियो शेफर्डले १४ बलमा यस सिजनको सबैभन्दा तेज अर्धशतक बनाए। उनले ६ छक्का र ४ चौका प्रहार गरे। विराट कोहलीले ६२ रन र ज्याकब बेथेलले ५५ रनको योगदान दिए। चेन्नईका मथीशा पथिरानाले ३ विकेट हात पारे।

यसअघि एमए चिदम्बरम स्टेडियममा १७ वर्षपछि सीएसकेलाई पराजित गर्दै आरसीबीले सनसनीपूर्ण जित दर्ता गरेको थियो। आरसीबीले सन् २००८ यता आईपीएल २०२५ का दुवै खेलमा चेन्नईमाथि जित पाएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ