arrow

सय रनको फराकिलो अन्तर

आईपीएलको प्लेअफबाट बाहिरियो राजस्थान, मुम्बई उक्लियो शीर्षमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १९ शुक्रबार
rajestan-mumbai.jpg

काठमाडौँ । मुम्बई इन्डियन्सले आईपीएल २०२५ अन्तर्गत बिहीबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १०० रनको फराकिलो अन्तरले पराजित गरेको छ। यो जित मुम्बईको लगातार छैटौं जित हो र यससँगै मुम्बई इन्डियन्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। राजस्थान रोयल्स भने यो हारसँगै प्लेअफको दौडबाट बाहिरिएको छ।

जयपुरको सवाई मानसिंह स्टेडियममा राजस्थानले टस जितेर बलिङ रोजेको थियो। मुम्बई इन्डियन्सले २० ओभरमा २ विकेट गुमाएर २१७ रन बनायो। २१८ रनको लक्ष्य पछ्याएको राजस्थानको टोली १६.१ ओभरमा ११७ रनमा अलआउट भयो। 

मुम्बईका ट्रेन्ट बोल्ट र कर्ण शर्माले ३-३ विकेट लिए भने जसप्रित बुमराहले २ विकेट हात पारे। राजस्थानका कुनै पनि ब्याटरले ३० रनको आँकडा छुन सकेनन्।

मुम्बईका लागि सूर्यकुमार यादव र कप्तान हार्दिक पाण्ड्या ४८-४८ रनमा अविजित रहे। दुवैले ९४ रनको साझेदारी गरे। ओपनर रायन रिकेलटनले ६१ रन र रोहित शर्माले ५३ रनको अर्धशतकीय पारी खेले। रायन रिकेलटन प्लेयर अफ द म्याच घोषित भए।

लगातार छैटौं जितसँगै मुम्बई इन्डियन्स १४ अंक र उत्कृष्ट नेट रन रेटका साथ अंक तालिकाको पहिलो स्थानमा पुगेको छ। राजस्थान रोयल्सले ११ खेलमा ८ हार बेहोरेको छ। अब बाँकी ३ खेल जिते पनि टोली १२ अंकसम्म मात्र पुग्न सक्नेछ, जुन प्लेअफमा पुग्न पर्याप्त हुनेछैन।

यसअघि एमएस धोनी कप्तान रहेको चेन्नई सुपर किंग्स आईपीएल २०२५ को प्लेअफ दौडबाट बाहिरिएको थियो । चेन्नईले अब बाँकी चार वटै खेल जिते पनि १२ अङ्क मात्र हुनेछ, जुन प्लेअफमा पुग्न पर्याप्त हुनेछैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ