arrow

आईपीएलको प्लेअफबाट बाहिरियो धोनीको चेन्नई, पञ्जाब उक्लियो दोस्रोमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १८ बिहिबार
csk-panjab1.jpg

काठमाडौँ । एमएस धोनी कप्तान रहेको चेन्नई सुपर किंग्स आईपीएल २०२५ को प्लेअफ दौडबाट बाहिरिएको छ। 

गए राति भएको खेलमा पञ्जाब किंग्सले चेन्नईलाई ४ विकेटले पराजित गरेपछि पाँच पटकको च्याम्पियन चेन्नईको प्लेअफ यात्रा समाप्त भएको हो। 

पञ्जाबले १९१ रनको लक्ष्य १९.३ ओभरमा ६ विकेट गुमाएर हासिल गर्‍यो। यस जितसँगै पञ्जाब किंग्स अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

चेपक स्टेडियममा टस जितेर बलिङ रोजेको पञ्जाबका लागि युजवेंद्र चहलले आईपीएलमा दोस्रो पटक ह्याट्रिक लिए। 

उनले १९औँ ओभरमा नूर अहमद, अंशुल कम्बोज, दीपक हुड्डा र महेन्द्र सिंह धोनीलाई आउट गरे। चहलले २०२२ मा कोलकाताविरुद्ध पनि एकै ओभरमा ४ विकेट लिएका थिए। 

पञ्जाबका कप्तान श्रेयस अय्यरले ७२ र प्रभसिमरन सिंहले ५४ रनको योगदान दिए। अय्यर प्लेयर अफ द म्याच घोषित भए।

चेन्नईले १० खेलमा आठौँ हार बेहोरेको छ। टोली मात्र २ जितसहित ४ अङ्कका साथ अङ्क तालिकाको पुछारमा रहेको छ र प्लेअफको दौडबाट बाहिरिएको छ। 

चेन्नईले अब बाँकी चार वटै खेल जिते पनि १२ अङ्क मात्र हुनेछ, जुन प्लेअफमा पुग्न पर्याप्त हुनेछैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ