वर्षाले खेल बिथोलेपछि कोलकाता र पञ्जाबले बाँडे अङ्क
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १४ आइतबार
564
Shares
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्सबीचको ४४औँ खेल वर्षाका कारण रद्द भएको छ। खेल रद्द भएपछि दुवै टोलीले १-१ अङ्क बाँडेका छन्।
ईडन गार्डन्समा टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले ४ विकेट गुमाएर २०२ रन बनाएको थियो। पञ्जाबका लागि प्रभसिमरन सिंहले ८३ र प्रियांश आर्याले ६९ रनको उत्कृष्ट पारी खेले। कोलकाताका वैभव अरोड़ाले २ विकेट लिए।
जवाफमा ब्याटिङमा उत्रेको कोलकाताले १ ओभरमा विना विकेट क्षति ७ रन बनाएको थियो। सुनील नरेन र रहमानुल्लाह गुरबाजले कोलकाताको लागि ओपनिङ गरेका थिए। तर त्यसपछि वर्षा शुरु भएपछि खेल पुनः सुरु हुन सकेन र अन्ततः रद्द गरियो।