arrow

एनसेल एनएसएलको तेस्रो संस्करण

एनसेल एनएसएलको उपाधि लगातार दोस्रो पटक ललितपुरलाई [फोटोफिचर]

फाइनलमा पोखरा थन्डर्स २–१ ले पराजित, विजेतालाई ८० लाख

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १३ शनिबार
dasharath-stadium-2082-1-13.jpg

काठमाडौँ । एनसेल नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको छ । शनिबार बेलुकी सम्पन्न फाइनलमा पोखरा थन्डर्सलाई पराजित गर्दै ललितपुरले लगातार दोस्रो पटक उपाधि जितेको हो । 

दशरथ रंगशालामा भएको पटक पटक हात हालाहालको स्थितिमा पुगेको फाइनलमा ललितपुर २–१ ले विजयी भएको हो । ललितपुरको जितमा दुवै गोल विदेशी खेलाडीले गरे । ललितपुर गत संस्करणको पनि विजेता हो । गत संस्करणमा लतितपुरले धनगढी एफसीलाई ३–२ ले पराजित गरेको थियो । धनगढी भने लगातार दोस्रो फाइनल फाइनल पुगे पनि उपाधि विहीन भएको थियो । 

यसपालि दोस्रो क्वालिफायरबाट बाहिरियो । धनगढीलाई पहिलो क्वालिफायरमा ललितपुरले र दोस्रो क्वालिफायरमा पोखराले हराएको थियो । ललितपुर पहिलो पटक अपराजित रहँदै उपाधि जित्न सफल भयो । 

ललितपुरका लागि इजिकेल र पापा इबु केबले गोल गरे । इजिकेलले एक गोल असिस्ट गरेका थिए । ललितपुरलाई गत संस्करणको उपाधि दिलाउँदा पनि उनले दुई गोल गरेका थिए ।

पोखराका सुदील राईले सान्त्वना गोल गरे । इजिकेलले ४२ औँ, सुदीलले ६४ औं मिनेटमा र पापाले ७४ औ मिनेटमा गोल गरेका थिए । 

खेलको दोस्रो हाफमा दुवै टोलीबीच हात हालाहाल र धकेलाधकेल भएको थियो । उपाधिसँगै ललितपुरले ८० लाख तथा उपविजेता पोखराले ३० लाख जितेको छ । 

ncell-nsl-2082-final (1).jpeg
ncell-nsl-2082-final (2).jpeg
ncell-nsl-2082-final (3).jpeg
ncell-nsl-2082-final (4).jpeg
ncell-nsl-2082-final (5).jpeg
ncell-nsl-2082-final (6).jpeg
ncell-nsl-2082-final (7).jpeg
ncell-nsl-2082-final (8).jpeg
ncell-nsl-2082-final (9).jpeg
ncell-nsl-2082-final (10).jpeg
ncell-nsl-2082-final (11).jpeg
ncell-nsl-2082-final (12).jpeg
ncell-nsl-2082-final (13).jpeg
ncell-nsl-2082-final (14).jpeg
ncell-nsl-2082-final (15).jpeg
ncell-nsl-2082-final (16).jpeg
ncell-nsl-2082-final (17).jpeg
ncell-nsl-2082-final (18).jpeg
ncell-nsl-2082-final (19).jpeg
ncell-nsl-2082-final (20).jpeg
ncell-nsl-2082-final (21).jpeg
ncell-nsl-2082-final (23).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ