-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । एनसेल नेपाल सुपर लिग (एनएसएल) को इतिहासमा सबैभन्दा बढी बराबरी खेलको रेकर्ड बनाउँदै झापा एफसीले तेस्रो संस्करण सकाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न आफ्नो अन्तिम खेलमा झापाले साविक विजेता ललितपुर सिटी एफसीसँग १–१ को बराबरी खेलेर लिग सकेको हो ।
झापा यो सिजनमा जितविहीन हुँदै लिग सकाएको हो । यसपालि झापाले पाँच खेल बराबरी खेल्यो । एनएसएल इतिहासमा सबैभन्दा बढी बराबरी खेल्ने टोली झापा नै बनेको छ।
तीन संस्करणमा १५ खेल खेलेको झापाले नौ खेल बराबरीमा सकाएको छ। झापाले यो संस्करणमा मात्रै पाँच बराबरी खेलेको हो ।
यो नतिजासँगै ललितपुर ६ खेलबाट १२ अंक बटुल्दै शीर्ष स्थानमा पुगेको छ ।