arrow

पोखरा एनसेल एनएसएलको प्लेअफमा, बाहिरियो झापा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३ बुधबार
ncell-nsl-pok-butwal.jpg

काठमाडौँ । पोखरा थन्डर्स एनसेल नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा बुटवल लुम्बिनी एफसीमाथि शानदार जित निकाल्दै पोखरा प्लेअफमा पुगेको हो । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार बेलुकी सम्पन्न खेलमा पोखराले बुटवललाई २–० ले पराजित गरेको हो । पोखरालाई जिताउन आयुष घलान र बिएस्सी विलियमले एक एक गोल गरे।

जितसँगै पोखराले ६ खेलबाट ८ अंकसहित प्लेअफमा ठाउँ बनाएको हो । 

पराजित बुटवल भने एक अंकसहित यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो । पोखराको जितसँगै अन्तिम खेल खेल्न बाँकी रहेको झापा एफसी पनि प्रतियोगिताबाट बाहिरिएको छ । 

झापाको पाँच खेलबाट चार अंक छ। अब ६ खेलबाट आठ अंक भएको काठमाडौं रेजर्स र एक खेल कम खेलेको चितवन एफसीमध्ये एक टोली प्लेअफमा पुग्नेछन् ।

चितवनले लिग चरणको अन्तिम खेल पहिलो क्वालिफायरमा स्थान बनाइसकेको साबिक उपविजेता धनगढी एफसीविरुद्ध खेल्नेछ । यो खेलमा गोलरहित बराबरी भए पनि चितवन प्लेअफमा पुग्नेछ। पराजित भए लिग चरणबाटै बाहिरिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ