विद्याको मनमोहनप्रतिको धारणा – राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुहुन्थ्यो
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १३ शनिबार
2.4k
Shares
फाइल तस्बिर
काठमाडाैँ । पूर्वराष्ट्रपति एवं एमालेकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको निष्ठा, त्याग र जीवन शैलीबाट हामी सबैले सिक्नुपर्ने बताएकी छन् । साथै उनले नेता अधिकारी राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुहुन्थ्यो भनेकी छन् ।
छब्बीसौँ मनमोहन स्मति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले सच्चा साम्यवादीका रुपमा नेता अधिकारीले अवलम्बन गर्नुभएको मार्गलाई हामी सबैले आत्मसात् गर्नुपर्नेमा जोड दिइन् ।
प्रधानमन्त्री अधिकारीको कार्यकालमा देशको विकास तल्लो तहको विकासबाट मात्र सम्भव हुने वास्तविकतालाई मनन गरी ‘आफ्नो गाउँ आफै बनाउँ’ अवधारणा अघि सारेर उहाँले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुभएको पूर्वराष्ट्रपति भण्डारीले बताइन् ।