काठमाडौँ । एमाले सांसद एवं पूर्व अग्रज पत्रकार रघुजी पन्तले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको शपथ लिएका छन् । सरकारको सिफारिसमा पन्तलाई राष्ट्रपति रामचन्द्र पौडेलले हिजो शिक्षा मन्त्रीको जिम्मेवारी तोकेका थिए ।
त्यसको एक दिनपछि उनलाई राष्ट्रपतिको कार्यालयमा आयोजिक विशेष कार्यक्रममा शपथ दिलाएका हुन् । गत सोमबार मात्रै शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी थिइन् । उनको राजीनामाको दुई दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई शिक्षा मन्त्री बनाएका हुन् ।
अब शिक्षामन्त्री पन्तको काँधमा पहिलो समस्या शिक्षकहरुको आन्दोलनलाई समाधान गर्नुपर्ने रहेको छ ।
सामुदायिक शिक्षकलाई सेवा सुविधा दिइरहँदा निजी विद्यालयका शिक्षकको हकमासमेत सरकार बोल्ने अपेक्षा निजी विद्यालयका शिक्षकहरुले गर्न थालेका छन् ।