arrow

आतंकवादविरुद्ध कालोपट्टी बाँधेर खेले खेलाडीले 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ११ बिहिबार
ipl-mum-srh-2025.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलको बुधबार रातिको खेलमा खेलाडीहरुले कालोपट्टी बाँधेर खेलेका छन् । मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीचको खेलमा खेलाडीले कालोपट्टी बाँधेर खेलेका हुन् । 

मंगलबार दिउँसो जम्मू–कश्मीरको पहलगाममा आतंकवादीले छानीछानी हिन्दूधर्मीहरुलाई मारेपछि मृतकलाई श्रद्धाञ्जली दिँदै खेलाडीहरुले आतंकवादविरुद्ध कालोपट्टी बाँधेका हुन् । 

खेलमा खेलाडीहरुसँगै अपायरहरुले कालोपट्टी बाँधेर मैदानमा गएका थिए । मंगलबारको उक्त घटनामा एक नेपाली र एक यूएईका पर्यटकसहित २७ जनाको हत्या भएको थियो । थुप्रै घाइते भएका थिए । 

सोही सम्झनामा खेल शान्तपूर्वक भएको हो । खेलमा पटाखा पनि पड्काइएन र चियरलिडर्सले खुशी पनि मनाएनन् । 

खेल शुरु हुनुभन्दा पहिले राजीव गान्धी स्टेडियममा सबै खेलाडी र दर्शकले दुई मिनेटसम्म मौनधारण गरेका थिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ