काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलको बुधबार रातिको खेलमा खेलाडीहरुले कालोपट्टी बाँधेर खेलेका छन् । मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीचको खेलमा खेलाडीले कालोपट्टी बाँधेर खेलेका हुन् ।
खेलमा खेलाडीहरुसँगै अपायरहरुले कालोपट्टी बाँधेर मैदानमा गएका थिए । मंगलबारको उक्त घटनामा एक नेपाली र एक यूएईका पर्यटकसहित २७ जनाको हत्या भएको थियो । थुप्रै घाइते भएका थिए ।
सोही सम्झनामा खेल शान्तपूर्वक भएको हो । खेलमा पटाखा पनि पड्काइएन र चियरलिडर्सले खुशी पनि मनाएनन् ।
खेल शुरु हुनुभन्दा पहिले राजीव गान्धी स्टेडियममा सबै खेलाडी र दर्शकले दुई मिनेटसम्म मौनधारण गरेका थिए ।