arrow

पोखरा एनसेल एनएसएलको फाइनलमा, बाहिरियो धनगढी, साक्षी कार्लोस [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १० बुधबार
ncell-nsl-roberto-carlos---.jpg

काठमाडौँ । पोखरा थन्डर्स एनसेल नेपाल सुपर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा धनगढी एफसीलाई बुधबार बेलुका हराउँदै पोखरा फाइनलमा पुगेको हो । 

पहिलो पटक फाइनलमा पुगेको पोखरा १–० ले विजयी भयो । स्टेफन समीर बिनोङले निर्णायक गोल गरेसँगै तेस्रो संस्करणमा पोखरा फाइनलमा पुगेको हो । 

पोखराले उपाधिका लागि साविक विजेता ललितपुर सिटी एफसीसँग खेल्ने भएको छ । पोखराले इलिमिनेटरमा एफसी चितवनलाई ३–० ले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । 

धनगढी भने पहिलो क्वालिफायरमा ललितपुरसँग २–१ ले पराजित भएको हो । यसअघिका दुवै संस्करणमा फाइनलमा पुगेको धनगढी यसपालि फाइनलमा पुग्न पाएन । 

यो खेलको साक्षी ब्रजिलियन फुटबल लिजेन्ड रोबर्टो कार्लोस भए । उनी विशेष अतिथिका रुपमा दशरथ रंगशाला गएका थिए । 

उनले दर्शकलाई अभिवादन गरे । त्यसपछि उनी ललितपुर सिटी एफसीका गोलकिपर समित श्रेष्ठसँग फ्रिकिक खेले ।

उनले पाँच ओटा फ्रिकिक हाने । जसमा दुई गोल गरे । उनको दुई प्रहार समितले रोके । एउटा प्रहार भने आकासिएको थियो । 
 

ncell-nsl-roberto-carlos (1).jpeg
ncell-nsl-roberto-carlos (1).jpg
ncell-nsl-roberto-carlos (2).jpeg
ncell-nsl-roberto-carlos (3).jpeg
ncell-nsl-roberto-carlos (4).jpeg
ncell-nsl-roberto-carlos (5).jpeg
ncell-nsl-roberto-carlos (6).jpeg
ncell-nsl-roberto-carlos (7).jpeg
ncell-nsl-roberto-carlos (8).jpeg
ncell-nsl-roberto-carlos (9).jpeg
ncell-nsl-roberto-carlos (10).jpeg
ncell-nsl-roberto-carlos (11).jpeg
ncell-nsl-roberto-carlos (12).jpeg
ncell-nsl-roberto-carlos (13).jpeg
ncell-nsl-roberto-carlos (14).jpeg
ncell-nsl-roberto-carlos (15).jpeg
ncell-nsl-roberto-carlos (16).jpeg
ncell-nsl-roberto-carlos (17).jpeg
ncell-nsl-roberto-carlos (18).jpeg
ncell-nsl-roberto-carlos (19).jpeg
ncell-nsl-roberto-carlos (21).jpeg
ncell-nsl-roberto-carlos (23).jpeg
ncell-nsl-roberto-carlos (22).jpeg
ncell-nsl-roberto-carlos (24).jpeg
ncell-nsl-roberto-carlos (25).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ