अनिश्चितकालका लागि स्थगित भयो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १० बुधबार
2.8k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । आगामी वैशाख १७ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक अर्को सूचना प्रकाशित नहुञ्जेल सम्मका लागि स्थगित गरिएको कांग्रेसले जनाएको छ ।
पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक स्थगित गर्न पर्नुको कारण नखुलाइ बैठक अर्को सूचना प्रकाशित नहुञ्जेल स्थगित गरिएको उल्लेख गरेका छन् ।
बैठक एक सातापछि बस्ने भनिए पनि एक साताअघि नै स्थगितको सूचना जारी गरिएको हो । सभापति शेरबहादुर देउवा यतिबेला थाइल्याण्डमा छन् ।
उनी उपचारका लागि बैंकक गएका हुन् । त्यहाँबाट फर्कन केही समय लाग्ने भएकाले बैठक स्थगित भएको हुन सक्ने जनाइएको छ ।