arrow

आँधीखोला किनारमा शव भेटियाे

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ८ सोमबार
andhikhola-death.jpg
फाइल तस्बिर

पोखरा । स्याङ्जाको आँधीखोला किनारमा एक पुरूषकाे शव भेटिएको छ ।

सोमबार दिउसो करिब ४ः४० बजे भीरकोट नगरपालका वडा नं.१ का ६० को तेजबहादुर भाट क्षेत्री आँधीखोला किनारमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार क्षेत्रीको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा राखिएको छ ।

एसपी हरिप्रसाद पौडेलका अनुसार क्षेत्री मजदुरी काम गर्दै आएको र अत्यधिक मदिरासमेत सेवन गर्ने गरेको पाइएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी पौडेलले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ