arrow

पुतलीबजार नगरपालिकामा बिहीबार सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १८ बुधबार
public-holiday-sarwajanik-bida.jpg

पोखरा । स्याङ्जाको पुतलीबजार नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मका संस्थापक एवं प्रवर्धक पैगम्बर मोहम्मद मुस्तफा सल्लल्लाहु तआला अलैहे ओसल्लमको जन्मजयन्तीको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो । 

नगरप्रमुख तुलसीराम रेग्मी एक सूचना प्रकाशित गरी बिदाबारे जानकारी गराएका हुन् । 

‘यही मिति २०८२/०५/२० गतेका दिन इस्लाम धर्मका संस्थापक एंव प्रवर्धक पैगम्बर मोहम्मद मुस्तफा सल्लल्लाहु तआला अलैहे ओसल्लमको जन्मजयन्तीको अवसरमा नगरपालिका मातहातका सम्पूर्ण सरकारी कार्यालयहरु, विद्यालयहरु र वित्तीय संस्थामा सार्वजनिक बिदा दिइएको व्यहोरा अनुरोध छ’, नगर प्रमुख रेग्मीद्वारा जारी सूचनामा उल्लेख छ ।

यस्ताे छ सूचना

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ