arrow

भीरकोटमा धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मन्दिरसहितको तलाउ निर्माण शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १३ बिहिबार
bhirkot-waling.jpg

वालिङ (स्याङ्जा)। भीरकोट नगरपालिका–४ सिसौघारीमा मन्दिरसहितको तलाउ निर्माण सुरु गरिएको छ। पालिकाले यो परियोजनालाई धार्मिक पर्यटन प्रवर्द्धनमा जोड दिँदै आयआर्जनको स्रोतको रूपमा विकास गर्ने उद्देश्य लिएको छ।

सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग कास्कीको एकीकृत सहरी पूर्वाधार कार्यक्रमअन्तर्गत तलाउ, मन्दिरसहित पक्की सडक निर्माण गरिने भएको छ। 

विभागका इञ्जिनियर अच्युत पौडेलले जानकारी दिएअनुसार आयआर्जनको स्रोतको रुपमा बीचमा मन्दिरसहितको तलाउ निर्माण भइरहेको छ र त्यहाँसम्म पुग्नका लागि पक्की पहुँच मार्गसमेत निर्माण गरिनेछ। सबै काम पूरा गर्न रु १२ करोड ८० लाख विनियोजन गरिएको छ र आगामी फागुन महिनासम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य छ। तलाउमा निर्माण गरिने मन्दिरमा शिवपार्वती र गणेशको मूर्ति प्रतिस्थापन गरिने कार्यक्रम रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ