arrow

शिक्षकको आन्दोलन चलिरहँदा शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ८ सोमबार
vidya-bhattarai-uml-81.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भट्टराईले राजीनामा बुझाएकी उनका प्रेस संयोजक रामजी लम्सालले जानकारी दिए । 

“शिक्षामन्त्रीले प्रधानमन्त्रीसमक्ष आज राजीनामा दिनुभएको हो”, उनले भने, “के कारणले राजीनामा दिनुभएको हो भन्ने जानकारी छैन ।” विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षक आन्दोलनको २०औँ दिन भयो । 

यही बीचमा शिक्षामन्त्रीले राजीनामा दिएकी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ