पाथीभरा गइरहेको गाडी विद्युत्को तारमा अल्झेर आगलागी, जलेर चार जनाको मृत्यु, दुई घाइते
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ८ सोमबार
726
Shares
ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा दर्शनका लागि गइरहेको बुलेरो गाडीमा विद्युतको तारमा अल्झिएर आगलागी हुँदा चार जना यात्रुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मे१च ३०११ नम्बरको बुलेरो गाडी फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा दुर्घटनामा परेको हो।
आगलागीमा परी ज्यान गुमाउनेहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार बिहान करिब ५ बजे विद्युतको पोलबाट चुँडिएको तार सडकमा खसेको र त्यसमा गाडी अल्झिएपछि आगो लागेको थियो।
प्रहरी निरीक्षक रवि रावलको नेतृत्वमा १५ जनाको टोली तत्काल घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल पठाएको छ। आगलागी पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।